काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख १४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
