काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
