Author: businesskha
१५ माघ, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए । ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन’ उनले भने । कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि…
विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरमा शनिबार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै उनले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी-व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए। कोभिड-१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अपेक्षा अनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सिर्जना लगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्य प्राप्त गर्न कठिनाइ भएको छ। उद्योग धन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’ अर्थतन्त्र सुधारका…
पर्सा । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् । वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा…
पाँचथर । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो । मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको…
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगीबीच गरेको प्रतिबद्धताविपरीत नेपाल विद्युत प्राधिकरणलाई बिजुली लाइन काट्न निर्देशन दिएका छन्। बिजुली बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन्। उनले कसैसँग सम्झौता नगरी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको बिजुली तुरुन्त काटेर असुली गर्न भनेका हुन्। `बिजुलीको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ,´ प्रधानमन्त्रीले भने, `त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौं। ठूलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ जाउँ।´ प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा बिहीबार आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886