सुनिता सुबेदी
काठमाडौँ, २६ माघ । चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिना अवधिमा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस मसान्तसम्ममा विभिन्न शाखामा ३ हजार ४ सय ९५ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये १ हजार ५ सय ६० उजुरी मात्रै फर्छ्यौट भएकोे छ,जुन कुल दर्ता भएको उजुरीको ४४ प्रतिशत मात्र फर्छ्यौट भएको तथ्याङ्कले बताउँछ । फर्छ्यौट भएको उजुरीबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दावि गरिएको छ ।
यस्तै उद्दार तथा राहतका लािग समोन्वय शाखामा ६ सय ९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३ सय ६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति रकम दावि गरिएको छ ।
पुससम्ममा मुद्दा तथा अनुसन्धान शाखामा १ हजार १ सय ३० उजुरी दर्ता भएमा छन् । जसमा १ सय ९१ मिलापत्र गराइएको छ भने ८४ मुद्दा अदालतमा दायर भएको छ । उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ क्षतिपूर्ति रकम दावि गरिएको छ ।
यस्तै ६ महिनामा प्रहरी शाखामा १ हजार ६ सय ७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९ सय २३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दावि गरिएको छ ।