काठमाडौँ, २६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगी र भ्रष्टाचार गर्नेहरूलाई प्रहरीले समात्दा राजनीतिक दबाब र वक्तव्यबाजी भएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार अध्यागमन विभागको ई. भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै श्रेष्ठले त्यस्तो दबाब नदिन समेत उनले आग्रह गरेका छन् ।
श्रष्ठले पहुँचवालाहरु पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए । उनले भने, ’हुने खाने वर्ग, जसको राज्यमा पहुँच, उनीहरू कारबाहीमा परे भने ठूलाठूला संस्थाहरूले र अरुले वक्तव्यबाजी गर्ने, कारबाही गर्न हुन्न भनेर । कर्मचारी काबारहीमा परे भने कर्मचारी संगठनले कराउने, त्यसो ग¥यो भने जालसाझी, ठगी, भ्रष्टाचार, राज्य लुट्ने प्रक्रियाको निम्ति कसलाई दोषी ठह¥याउने ? त्यही सडक पेटीमा व्यापार गर्नेहरू ? त्यो गरिब सुकुम्बासी, भूमिहीनहरू ?’ श्रेष्ठले प्रश्न गरे ।
त्यस्तो वक्तव्यबाजी गर्ने र दबाब दिनेलाई सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने श्रेष्ठको भनाइ छ । उनले भने, ‘त्यस्तो खबरदारी गर्नेहरूलाई पनि सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ ।’ यस्तै गृहमन्त्री श्रेष्ठले सरकार सुशासनको पक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले व्यवधान नहाल्न समेत आग्रह गरका छन् ।