काठमाडौं, २६ माघ । सन् २०२४ मा माल्दिभ्सको २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले जारी १९ औं संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा पहिलो सम्बोधनमा २० लाख पर्यटक भित्र्याउने बताएका छन् । देशको पर्यटन उद्योग स्थापनापछि इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्रिने मुइज्जुको बताएका थिए ।
राष्ट्रपति मुइज्जुले बेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भिआईए) को विस्तारले वर्षको मध्यसम्म औसतमा १० दशमलव ३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने समेत दाबी गरेका थिए ।
मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८ सय २७ बेड निर्माण गर्ने उनले बताए । यस्तै उनले विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले जानकारी दिएका थिए ।
सन् २०२३ मा माल्दिभ्सको तथ्यांकअनुसार १८ लाख बढी विदेशी पर्यटक भित्रिएका छन्् । माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा १ लाख ९२ हजार बढी पर्यटक भित्रिएका छन् ।