काठमाडौं, ०१ फागुन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौँ स्थित ज्ञानेश्वरमा कम्पनीको साधरण सभा सम्पन्न भएको हो ।
सभामा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले कम्पनी प्रति विश्वास गरेर सहयोग गर्ने बीमित, अभिकर्ता , व्यवस्थापक ,शेयरधनी, सञ्चालक तथा कर्मचारी लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायन बाबु लोहनीले कम्पनीलाई अनुकुल अवस्थाबाट प्रतिकुल अवस्थामा पुग्नका लागि आगामि दिनमा उत्कृष्ट नतिजा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव, शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभंश पारित गरेको छ ।
वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट डा. भीष्म कार्की र दिवेश लोहनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । साथै कम्पनीले शेयरधनीलाई पहिलो पटक लाभांश प्रदान गरेको छ ।
यस वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको २०७९÷८० सम्मको विवरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. ४ अर्ब रहेको छ ।