काठमाडौँ, ०२ फागुन । वसन्त पञ्चमीको अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासलचोक पुगेर वसन्त श्रवण गरेका हुन् । यस दिन हनुमानढोकाको नासलचोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन छ ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो । वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने मान्यता छ ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ । यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास छ ।