काठमाडौं, ०३ फागुन । नेपालमा सामसुङ मोबाइलको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोन तयार कम्पनी सबको फोनले ‘आइएमएस सबको फोन एक्सचेन्ज’ सञ्चालन साझेदारी गर्ने घोषणा गरेका छन् ।
विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्तालाई आफूले प्रयोग गरेको फोन साटेर सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प दिने उद्देश्यले मोबाइल साटफेर सुविधा सुरु गरिएको हो ।
आाइएमएस सबको फोन एक्सचेन्ज सुविधाअन्तर्गत उपलब्ध वेबमा आधारित प्रणाली प्रयोग गरी ग्राहक आफूले प्रयोग गरेको फोनको विवरण भरेरे मूल्य प्राप्त गर्न सकिने र नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सकिने दुवै कम्पनीले बताएका छन् । एक्सचेन्ज सुविधा प्राप्त गर्न ग्राहक आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ ।
यो सुविधा हाल सामसुङको आधिकारिक आइएमएस स्मार्ट आउटलेट र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।