काठमाडौं, ०३ फागुन । जापानको अर्थतन्त्रमा आएको संकुचनका कारण जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
सन् २०२३ का लागि जापानको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ भने जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ ।
२०२३ को अन्तिम तीन महिनामा कुल गार्हस्थ्य उत्पादन ०.४ प्रतिशत को वार्षिक गतिमा संकुचित भएको जापानको क्याबिनेट कार्यालयले जनाएको छ । अघिल्लो त्रैमासमा पनि जापानको कुल ग्राहस्थ उत्पादनमा कमी आएको थियो ।
जापानमा उत्पादित वस्तु तथा सेवाको कूल मूल्य वास्तविक कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको हो । जापानको कूल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो ।