काठमाडौं, ०३ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपाल चार विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ३३ रनको झिनो लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । खेलमा नेपालका बलर सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिएका थिएभने कप्तान रोहितकुमार पौडेलले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड एरास्मसले घातक बलिङ गरेका थिए । उनले ८.१ ओभर बलिङ गर्दै २८ रन दिएर पाँच विकेट लिँदै नेपालको ब्याटिङ धराशायी पारिदिए । यस्तै, रुबेन ट्रम्पलमन र ज्याक ब्रसेलले समान दुई÷दुई विकेट लिए भने जन निकोल लोफ्टिएटनले एक विकेट लिए ।