काठमाडौं, ०४ फागुन । नेपाल ल्युब आयलले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्को वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले ६ महिनामा ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी गत वर्षको सोही अवधिमा १० लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नाफामा गएको हो । गत वर्ष ३७ करोड ८७ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी अहिले बढेर ५१ करोड ७६ लाख रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ४३ हजार रुपैयाँ छ ।