काठमाडौं, ०६ फागुन । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीको वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव पेस नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले गत आवको वित्तीय विवरणहरु पारित गरी बीमा प्राधिकरणमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।