काठमाडौँ, ०६ फागुन । चार दलीय समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने भएको छ । आइतबार एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय गरेको छ ।
आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा भएकाले बैठकमा अनुपस्थित थिए ।
यस्तै कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले अन्य दललाई मोर्चामा सहभागी गराउने विषयमा छलफल नभएको बताए । बैठकमा मोर्चाले अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा र आगामी दिनका थप योजनाबारे छलफल भएको उनको भनाई छ ।