काठमाडौं, ०८ फागुन । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान लगायतका वित्तीय विवरण अनुमोदन गरेको छ ।
सभाबाट आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा.जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, सि.ए.त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।
यस्तै कम्पनीको सभाले सर्वसाधारणमा शेयर (आईपीओ)जारी गर्ने प्रस्ताव पारित गरेको छ