काठमाडौं, ०८ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा चितवनको जुगेडीमा ओम मेगाश्री फर्मास्युटिकल्स औषधी उद्योग सञ्चालनमा आएको छ । सोमबार सवा १ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको उद्योगको काठमाडौंमा सभामुख देवराज घिमिरेले औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालमा युरोपियन मापदण्डका औषधी उत्पादन गर्ने उद्देश्यले ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा ल्याइएकोे बताए ।
यस्तै उनले गुणस्तरीय औषधीमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्ने उद्देश्य पनि रहेको बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको भन्दै ओम मेगाश्री फर्मास्युटिकल्सलाई शुभकामना दिए ।