काठमाडौं, ०९ फागुन । आगामि मार्च १ देखि ३ सम्म अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् ।
नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गरिने छ ।
साथै उनले महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने छन्
लामो समयदेखि गिद्ध संरक्षण अभियानमा लागेका बराल फोटो पत्रकारसमेत हुन् । उनले हालसम्म ३ दर्जनभन्दा बढी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार गरिसकेका छन् ।