काठमाडौं, १० फागुन । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल भएका छन् ।
फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको कुल सम्पत्ति ११४ अर्ब डलर पुगेको छ । यस अगाडि १०औं धनाढ्यको सूचिमा रहेका गुगलका सह संस्थापक सर्गी ब्रिनलाई पछि पार्दे अम्बानी विश्वको शीर्ष १० धनाढ्यमा परेका हुन् ।
विश्वको शीर्ष धनाढ्यको सूचीमा भने फ्रान्सका धनाढ्य बनार्ड अर्नल्ट छन् । उनको कुल सम्पत्ति २२२ अर्ब डलर छ । दोस्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क छन् ।
मुकेश अम्बाीको नेटवर्थ ५ वर्षको अवधिमा ३६ अर्ब डलरले वृद्धि हुँदै ११४ अर्ब डलर पुगेको छ । अर्थात् अम्बानीको नेटवर्थ ५ वर्षको अवधिमा दुई गुणाभन्दा धेरैले बढेको छ ।