काठमाडौं, ०९ फागुन । बिहिबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २१ दशमलव ७६ अङ्कले घटेर २ हजार ५ दशमलव ८३ बिन्दुमा बन्द भएको छ ।
बिहिबार ३ सय ९ धितोपत्रको कारोवार हुँदा १ सय ९७ धितोपत्रको मुल्य घटेको छ । त्यस्तै ४९ धितोपत्रको मुल्य बढेको छ भने २ धितोपत्रको मुल्य स्थिर छ । ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ समूहको उपसूचकमध्ये ११ वटा समूहको उपसूचक घटेको छ भने दुई वटा समूहको उपसूचक बढेको छ । विकास बैंक, लगानीे, बैंक, होटल र टुरिजम,जलविद्युत, जीवन बीमा समूह, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह, लघुवित्त र व्यापार समूहको उपसूचक घटेको छ । त्यस्तै उत्पादनमूलक र वित्त समूहको उपसूचकको बढेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाईड्रोपावरको ९ दशमलव ८७ प्रतिशत, सम्लिङग पावर कम्पनीको ९.८५,बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ८.२४ र बोटलर्स नेपाल (तराई) लिमिटेडको ५ दशमलव ७३ प्रतिशत शेयर मुल्य बढेको छ ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ दशमलव ७२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको ७ दशमलव ६ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ६ दशमलव ६७ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव २६ प्रतिशतले कारोबार घटेको छ ।