काठमाडौं, ११ फागुन । कृषि विकास बैंकले १ सय १२ पदमा कर्मचारी माग गरेको छ ।
शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म १ सय १२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले ८ औं तहमा अधिकृत स्तरका २ जना शाखा प्रमुख, ७ औं तहका लागि २ जना वरिष्ठ लेखा अधिकृत, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आइटी इन्जिनियर १ जना, र कर्जा अधिकृतमा ६ जना माग गरेको छ ।
त्यस्तै व्यवसाय सहायक १६ जना, एकजना कानुन सहायक, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र ४६ जना लेखापाल मागेको छ ।
पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले शुक्रबार (आज) देखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने सूचनामा बताइएको छ ।