काठमाडौं, ११ फगुन । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को ४ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को कारोबारबाट प्राधिकरणले उक्त रकम संकलन गरेको हो ।
आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै रोयल्टी तिर्ने कम्पनी एनसेल छ । एनसेलले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी राजस्व बुझाएको छ । कम्पनीले गत आर्थिक वर्षमा रोयल्टीबापत राज्य कोषमा १ अर्ब ४७ करोड र ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापत ७३ करोड ७५ लाख रुपैयाँ तिरेको प्राधिकरणले बताएको छ ।
यस्तै, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७९÷८० मा रोयल्टीबापत १ अर्ब ४३ करोड र आरटीडीएफबापत ७१ करोड ९३ लाख ५३ हजार रुपैयाँ बुझाएको छ ।
प्राधिकरणका अनुसार यो वर्ष अहिलेसम्म ४ अर्ब ८२ करोड १८ लाख रोयल्टी र आरटीडीएफ रकम उठेको छ । पुस मसान्तसम्म ३१ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९÷८० को रोयल्टी र आरटीडीएफ तिरेका छन ्। यस्तो शुल्क बुझाउने सूचीमा नेपाल टेलिकम, एनसेल, वर्ल्ड लिंक, सुबिसुसहित ३१ कम्पनी रहेका छन् ।