काठमाडौं, ११ फागुन । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ ।
आइएमई पे मार्फत प्राप्त गर्न सकिने उक्त सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ ।
३ सय ६५रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बिमा दाबी प्राप्त गर्न सक्ने छन् । त्यस्तै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।
व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।