काठमाडौं, ११ फागुन । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित रहेको फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । शुक्रबार दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । शुक्रबार दिउँसो फिल्म हेर्नका लागि ललितपुरको सडकमा ¥याली नै निकालिएको छ ।
गोर्खा सैनिकको ट्रेनिङ दिने संस्थादेखि विभिन्न सुमुदायगत संघ–संस्थाका व्यक्तिहरुले जावलाखेल चोकबाट नारासहित निकालेको र्याली लबिम मल पुगेर टुंगिएको थियो । ¥यालीमा ६ सयभन्दा बढी सहभागी थिए ।र्याली सहित फिल्म हेर्न पुगेका दर्शकको चापले लबिम मलस्थित क्यूएफएक्स हलको १२ बजेको शो ‘हाउसफुल’ भएको थियो भने बाँकी दर्शकका लागि ३ बजेको शो छ ।
लबिम मल पुगेको ¥यालीलाई सम्बोधन गर्ने क्रममा निर्देशक मिलन चाम्सले फिल्मलाई साथ दिन आग्रह गरेका थिए । उनले भने– ‘नेपालमा तीनवटा विषयमा धेरै फिल्म बन्नुपर्छ । सगरमाथा, बुद्ध र गोर्खालीको कथामा । ‘गोर्खा वारियर’ले यसको सुरुवात गरेको छ । सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ फिल्म हेर्न पूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको पनि हलमा सुखद् उपस्थिति देखिएको छ ।