काठमाडौं, १४ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले “आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गर्ने गरिएको थिया े। यस पटक भने बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो । १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।
बजेको सिद्धान्त र प्राथमिकता पेस भएसंगै अब फागुन २१ गतेबाट यस बारे छलफल हुने छ । प्रि बजेट छलफल समेत भनिने यस छलफलको लागि फागुन २१,२२,२३, ३० तथा चैत्र १,२, र ४ गतेको लागि दिन तोकिएको छ ।
सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्ने गर्छ ।