काठमाडौं, १५ फागुन । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (आव) २०७९÷८० का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १ सय ९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।