काठमाडौं, १७ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आजदेखि हकप्रद सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट अथवा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।