काठमाडौं, १८ फागुन । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आइतबार बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेको हो ।
२०७९ फागुन २५ मा संसदमा दर्ता भएको विधेयकमाथि सहमति जुटाउन गठित संसदीय उपसमितिले चार वटा विषयमा थप प्रष्टता आवश्यक रहेको भनी विधेयकको प्रतिवेदन समितिमा बुझाएको थियो ।