काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि कायमै राखेको छ ।
जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।