काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामि फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते (आज) नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेतापनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् ।