काठमाडौं, २० फागुन । श्रीलंकाको पर्यटन क्षेत्रको मासिक आम्दानी गत जनवरीमा विगत ४ वर्षयताकै उच्च भएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर आम्दानी भएको उल्लेख छ । उक्त तथ्यांकअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो ।
यस्तै पर्यटन क्षेत्रको उक्त आम्दानी सन् २०२० को जनवरीयताकै मासिक आम्दानीमा सबैभन्दा बढी रहेको समेत प्रतवेदनमा उल्लेख छ । आर्थिक मन्दीग्रस्त श्रीलंका पछिल्लो समय सुधारको क्रममा अगाडि बढेको छ भने पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ ।