काठमाडौं, २० फागुन । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।
सभामा गत आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र शून्य.२१ प्रतिशत नगद गरी कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव, २०८० असार मसान्तसम्मको वित्तीय विवरण, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ ।
साथै सभाबाट २ जना सर्वसाधारण र १ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।