काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ ।
आइतबार धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम थियो। तर ओली नआएपछि कार्यक्रममा सहभागी हुन पौडेल आएका छन् ।
उक्त समारोहको समापनको लागि अध्यक्ष ओली आउने कार्यक्रम तय भएपनि ओली आउने कार्यक्रम स्थगित भएकोथियो । समारोहमा ओलीको स्थानमा उपाध्यक्ष विष्णु पौडेल पुगेपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थिति अनुसार स्थगित भएको हो । पार्टीको जनकपुरधाम उपमहानगरपालिका कमिटीले ओलीलाई स्वगतका लागि उक्त माला तयार पारेर विमानस्थल पु¥याएको थियो ।