काठमाडौं, २० फागुन । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा सातौं बार्षिकोत्सब मनाउने भएको छ । काठमाडौंको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डले आफ्नो सातौं बार्षिकोत्सब मनाउँने भएको हो ।
सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।
वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्याना आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् ।
फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको रेष्टुराँहरु रहेका छन् । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्यु बाट खानाको अर्डर गर्न सकिने फेयरफिल्डले बताएको छ ।
काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमराले विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्षे यात्रा सफल बनाईदिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।’