काठमाडौं, २१ फाागुन । सोमबार सेयर बजारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
यस्तै २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत अर्थात् ९८ अंक बदा दोस्रो सर्किटसर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ः ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको छ ।
सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंकले बढेको नेप्से २०७८ बिन्दुमा कायम भएको छ ।
थोरै समय कारोबार भएकाले सोमबार कुल ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँको कारोबार हुँदा ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर किनबेच भएको छ । आज २ सय ३७ धितोपत्रको कारोबार हुँदा २३० धितोपत्रको मूल्य बढेको छ भने २ धितोपत्रको मूल्य घटेको छ । कारोबार भएका १३ वटा समुहको उपसूचकमध्ये म्युचुल फन्डबाहेक १२ वटै समूहको उपसूचक बढेको छ ।