काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जस्तो परिवर्तन आए पनि मिसन ८४ नछाड्ने बताएका छन् ।
सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आज देशको परिस्थिति अलि छिटो हिँड्न खोजेको भए पनि मिसन ८४ छाड्ने बताएका हुन् ।
उनले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनको भनाई छ ।
यस्तै उनले सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास व्यक्त गरे ।
मजदुरहरुको अवस्थामा फेरबदल ल्याएको भन्दै जिफन्टको प्रशंसा गरेका ओलीले अझ राम्रो अवस्थाको लागि काम गर्न सुझाव दिए ।