काठमाडौं, २२ फागुन । उत्तर कोरियाले गत हप्तादेखि वासिङ्टन र सोलले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने चेतावनी दिँदै ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ ।
वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताए ।
दुवैले ‘फ्रिडम सिल्ड’मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् ।
यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै प्योङयाङले ‘०.००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय सहमति उल्लंघन भए युद्धको धम्की आएको छ ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ । यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थिया े। सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रुराज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताएका थिए ।
यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै प्योङयाङले ‘०.००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय सहमति उल्लंघन भए युद्धको धम्की आएको छ ।