काठमाडौं, २३ फागुन । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिमा पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।
महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा समेत चहलपहल बढेको छ । महाशिवरात्रिमा सुरक्षित तवरले मन्दिर दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।