काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रहेपनि प्रचण्डले विश्वासघात गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं ।
यस्तै दलको बैठकले आफ्ना सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्ने निर्देशन दिएको छ । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो ।