काठमाडौं, २४ फागुन । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहिबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
यस्तै बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ ।
साथै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।