काठमाडौं, २७, फागुन । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।
पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।
एमालेको इलाम जिल्ला कमिटीले गठन गरेको पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेस गर्ने कार्यसूची छ ।