काठमाडौं, २८ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच बहराइनमै खेल्ने भएको छ ।
छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका छ । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार खेल बहराइनमै गर्ने तय भएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।
छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।