काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बिच भेटवार्ता, १ चैत । प्रधानमन्त्री पुष्प कमल दाहाल भएको छ । प्रधानमन्त्री दाहालले सदनमा तेस्रोपटक विश्वासको मत पाएको भोलिपल्ट अर्थात् आज चिनियाँ राजदूत सोङ्ले प्रधानमन्त्ती दाहालसँग भेट गरेका हुन् ।
उक्त भेटमा उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिएकोमा बधाई दिनुको साथै दुई देशबीचको सहकार्यलाई बढावा दिने बताएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै, नेपालमा आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुनेपनि उनले विश्वास दिलाएका थिए ।
काठमाडौंमा चक्रपथको स्तरोन्नतीको लागि द्रुत गतिमा काम गर्नेगरि तयारी थालिएको राजदूतको भनाई थियो । यस्तै, नेपाल र चीनबीच अहिले चार वटामात्रै व्यापारिक नाका सञ्चालनमा आएकोमा थप ७ वटा नाका सञ्चालनमा ल्याउन राजदूतले प्रतिबद्धता जनाएको स्रोतले बताएको छ ।