काठमाडौं, १ चैत । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बिहिबार बसेको बैंकको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त भएका खण्डमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
बैंकले १०० रुपैयाँका का दरले ५ करोड इकाई अर्थात ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने
बैंकले प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो । उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ ।
त्यस्तै बैंकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त गरे पश्चात् ८ % नबिल डिबेन्चर २०८९ (८ बर्ष अवधिको ) जारी गर्ने प्रस्ताव पनि गरेको छ ।