काठमाडौं, २ चैत । भारतले स्विट्जरल्याण्ड, आइसल्याण्ड, नर्वे र लिकटेन्स्टाइन समावेश भएका युरोपेली स्वतन्त्र व्यापार संघका देशहरूसँग व्यापार सम्झौता गरेको छ । आइतबार सम्झौतामा हस्ताक्षर गरिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उक्त सम्झौतामा इएफटीए देशहरूले आगामी १५ वर्षमा भारतमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र त्यस्ता लगानीहरूमार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रमधानमन्त्री नरेन्द्र मोदीले सो सम्झौताले ’खुला, निष्पक्ष, समतामूलक व्यापारका साथै युवाहरूका लागि रोजगारी सृजना गर्ने’ बताए । ती देशहरुमध्ये, स्विट्जरल्याण्ड भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने त्यसपछि नर्वे हो ।