काठमाडौं, ४ चैत । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १३ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को फागुनसम्ममा वैदेशिक रोजगारका लागि ४ लाख ७१ हजार २ सय १० जनाले श्रम स्वीकृति लिएका छन्,जुन गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारका लागि ५ लाख ४० हजार ६ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
यद्यपी समग्रमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दा महिलाको सङ्ख्या भने ८ दशमलव ६० प्रतिशतले बढेको छ । चालु आवको फागुनसम्ममा ५२ हजार ५ सय १४ जना महिलाले श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा ४८ हजार ३ सय ५४ महिलाले श्रम स्वीकृती लिएको विभागको तथ्याङकमा उल्लेख छ ।
विभागका अनुसार चालू आवको फागुनसम्ममा ४ लाख २८ हजार ६ सय ९६ पुरुषले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा रोजगारका लागि विदेशिने पुरुषको सङ्ख्या १२ दशमलव ९३ प्रतिशतले घटेको हो । गत आवको फागुनसम्ममा ४ लाख ९२ हजार ३ सय ५१ पुरुषले वैदेशिक रोजगारिका लागि श्रम स्वीकृति लिएका थिए ।
चालू आवको आठ महिनासम्ममा पुनः श्रम स्वीकृती लिएर २ लाख ८६ हजार ९ सय ५ जना वैदेशिक रोजगारमा गएका छन् । फागुनसम्माा सस्थागततर्फ बाट श्रम स्वीकृती लिएर २ लाख २१ हजार ६ सय २० जना वैैदेशिक रोजगारमा गएका छन् । यस्तै व्यक्तिगततर्फबाट र जी.टु.जी मार्फत क्रमशः ५६ हजार ३ सय ९३ र ८ हजार ९ सय १४ जनाले वैदेशिक रोजगारका लािग श्रम स्वीकृती लिएका छन् भने व्यक्तिगत तर्फ बाट पुनः श्रम स्वीकृती लिएर १ लाख ८४ हजार २ सय ७८ जना वैैदेशिक रोजगारमा गएका छन् ।