काठमाडौं, ४ चैत । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंह बच्चा चोरीको आरोपमा पक्राउ परेकी थिइन् ।
प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो ।