काठमाडौं, ५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि आगामी शुक्रबार देखि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।
आइतबार एक कार्यक्रमकाबीच श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले आगामी शुक्रवारभित्र एक घण्टामै श्रम स्वीकृतिको दिइने गरी व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।
सामान्यतया अहिले सबै कागजात अनलाइन गरिसकेपछि पनि श्रम स्वीकृति लिनलाई दुईदेखि चार दिनसम्म रोकिनुपर्छ तर अब भने एक एकै घण्टामा श्रम तयार हुने मन्त्रालयको भनाई छ ।