काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याजीहरूका विचौलिया र दलालको नाम संसदमा सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले केन्द्रमा मिटरब्याजपीडितले सरकारसँग सम्झौता गरेर जिल्ला फर्किएपछि विचौलियाको चलखेल भएको बताए ।
उनले भने, ‘मिटरब्याजपीडितहरूको आन्दोलन हुन्छ र सरकारले सम्झौता गर्छ । जिल्ला फर्किएपछि विचौलिया र दलालहरूको काम सुरु हुन्छ, यो कुरा गृह प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु । अन्यथा सम्बन्धित व्यक्तिहरूको नाम नै किटान गरेर संसदमा सार्वजनिक गर्नेछु ।’