काठमाडौं, ५ चैत । राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पाले सपथ लिएका छन् । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तले सपथ लिएकी हुन् । उनिहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन् ।
दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएको थिए । सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।