काठमाडौं, ५ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीको करार रद्द गर्न रुसी सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपाली दूतावास विदेश मन्त्रालयसँग नियमित सम्पर्कमा रहेर फलोअप गरिरहेको भन्दैे यसको मोडालिटी तय हुन भने बाँकी रहेको जानकारी दिए ।
उनले भने, ‘नेपालमा रुसी राजदूतलाई भेटेर भर्ना नलिन, शव पठाउन, क्षतिपूर्ति दिन अनुरोध गरिएको छ । रुससँग संवादको परिणामस्वरूप क्षतिपूर्ति र बिमा रकम दिने प्रक्रिया अगाडि बढेको छ । मस्कोस्थित नेपाली राजदूतको खातामा आउनेछ भने राजदूतावासको कन्सुलरले परिवारलाई पठाउनेछ । रुसी सेनामा भर्ना भएकालाई फिर्ता पठाउने सन्दर्भमा रुस सरकारले करार रद्द गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, मोडालिटी तय हुन बाँकी छ।’
यस्तै उनले रुसी सेनामा गएर युक्रेनमा युद्धबन्दी बनेका नेपालीलाई उद्धार गर्न आइसिआरसीको समन्वयमा पहल भइरहेको बताए